सानै उमेरमा किन चाउरिन्छ छाला ? यसरी गर्नुहोस् हेरचाह | Khabarhub Khabarhub

सानै उमेरमा किन चाउरिन्छ छाला ? यसरी गर्नुहोस् हेरचाह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

– प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला । मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ ।

– ९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने छाला शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो, जसलाई बनोटका दृष्टिले डर्मिस र एपिडर्मिस गरी दुई भागमा वर्गीकरण गरिन्छ ।

– बुढ्यौलीपनसँगै छालामा पर्ने चाउरीपना स्वाभाविकै हो । तर, कम उमेरमा पनि यो समस्या देखिनुमा विभिन्न स्वास्थ्य समस्या जोडिएका हुन्छन् ।

– मूलतः शरीरमा पानी र पोषक तत्व (भिटामिन ए, सी र प्रोटिन)को कमी, मानसिक तनाव, अत्यधिक धूम्रपान, थाइरोइड हर्मोनको उतारचढाव यसमा जिम्मेवार छन्।

– त्यसैले जीवनशैलीमा परिवर्तन गर्नु नै समस्या निराकरणको उपाय हो ।

– स्वस्थ छालाका निम्ति मेवा, गाँजर, कागती, अमला, काँक्रो, खर्बुजाजस्ता भिटामिन ए र सी तथा मिनरल्सयुक्त वस्तुको सेवन उपयुक्त हुन्छ ।

– गेडागुडी, माछामासुजस्ता प्रोटिनयुक्त खानेकुरा पनि छालाका निम्ति अपरिहार्य छन् ।

– छाला सुक्खा हुने समस्या निराकरणका लागि मोस्चराइजरको अधिकतम प्रयोग आवश्यक हुन्छ । त्यसमा पनि आयल बेस मोस्चराइजरको प्रयोग उपयुक्त हुन्छ ।

– चिल्लो छालामा भने छिटो सुक्ने खालको मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

– बजारमा पाइने स्टेरोइडमिश्रित क्रिमले छालामा गम्भीर समस्या निम्त्याइरहेका छन् ।

– यस्ता क्रिमले छालाको असली स्वरूप परिवर्तन गराइदिन्छन् । छाला पातलो हुने, चाउरी पर्ने र बिमिरा आउने समस्याको कारक यस्तै क्रिम हुन् ।

– आफ्नो छालासँग मिल्ने क्रिम छनोट गरौँ । नत्र, पछुताउनुको विकल्प रहँदैन ।

– चाउरीपनबाट छालालाई बचाउने प्राकृतिक उपाय प्रशस्तै छन् ।

– हरियो काँक्रोको टुक्रालाई कागतीपानीमा एक रात भिजाएर सातामा एकपटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी पर्नबाट बच्न सकिन्छ ।

– पाकेको (पहेँलो) काँक्रोलाई एक इन्चका टुक्राहरू बनाई कागती, चिउरीको घिउ र बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर सातामा दुईपटक ४५–६० मिनेट चाउरिइसकेको छालामा राखी तीन–चार महिना उपचार गर्दा समस्या समाधान हुन सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ०६ बजे

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत