यूएई – नेपाल उडानमा पाँच सय डलर लिने एयर अरेबियाको प्रस्ताव अस्वीकार | Khabarhub Khabarhub

यूएई – नेपाल उडानमा पाँच सय डलर लिने एयर अरेबियाको प्रस्ताव अस्वीकार


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएई – काठमाडौं पाँच सय डलरमा उडान गर्ने एयर अरेबियाको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अस्वीकार गरेको छ ।

मन्त्री योगेश भट्टराईले उक्त प्रस्ताव नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको उल्लेख गर्दै अस्वीकार गरिदिएका हुन्।

नेपाल एयरलाइन्सले दुबईबाट काठमाडौं प्रति डलर ३ सय ६० डलरमा गर्दैछ।

यसअघि जुन ५ तारिखमा एयर अरेबियाले १५८ यात्रु र एक नाबालकलाई ५ सय भाडा लिएर काठमाडौं ल्याएको थियो। नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा पनि उडान भर्न तयार रहेको जनाउँदै आएको छ ।

मन्त्री भट्टराईले नेपाल एयलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्न सक्ने तर त्यो भन्दा बढी रकममा सम्झौता गर्न नसकिने जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०