प्रधानमन्त्री ओली र सार्कका नवनियुक्त महासचिवबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र सार्कका नवनियुक्त महासचिवबीच भेटवार्ता


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव इसला रुवान विराकोनबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले सार्कको १९ औं शिखर सम्मेलन छिटो गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले सार्कको १९ औं शिखर सम्मेलन गर्न नेपालले अध्यक्षको हैसियतमा निरन्तर प्रयास र परामर्श गरिरहेको बताएका छन् ।

दुई/दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मेलन नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना गरेयता हुन सकेको छैन  । सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुने भनिए पनि भारतले नमानेपछि अवरुद्ध भएको हो ।

भेटमा आफ्नो नियुक्तिका लागि नेपालले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सार्क महासचिवले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सार्क सचिवालयले खेलिरहेको भूमिकाबारे सार्कका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको