नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २११ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार २११ पुग्यो


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक जना महिला, नारायणी अस्पताल प्रयोगशाला बिरगञ्जमा पर्साको एकजना महिला र ९ जना पुरुष, रौतहटको एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको अछामका ३ जना पुरुष, कैलालीका एकजना महिला र एकजना पुरुष, डोटी का एकजना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका पाँच जना पुरुष, बर्दियाका दुईजना महिला र १४ जना पुरुष र प्यूठानका दुईजना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । ‌

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका एक जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० जना पुरुष र धनुषाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ‌।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नुवाकोटका दुइजना महिला र एकजना पुरुष, अर्घाखाँचीका तीनजना पुरुष र चितवनको एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई जना र रुपन्देहीका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. गौतमका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीको एक महिला दुई पुरुष, मोरङका दुई महिला १९ पुरुष र झापाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका तीनजना महिला र ८५ जना पुरुष र एकजना महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका ४ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरेको परीक्षणमा सातजना महिला र ३६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एकजना, कृषि जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका दुईजना महिला र २३ जना पुरुष मा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका ९ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरको एकजना महिला र काठमाडौंका दुई जना महिलामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, महोत्तरीका १० जना पुरुष, पाल्पाका १०जना पुरुष, रौतहटका दुईजना महिला र ७४ जना पुरुष, रुपन्देहीका दुईजना महिला र ५ जनापुरुष, सर्लाहीका २३ जना पुरुष र सिराहाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १०१४ पुगेको छ । जसमध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : २६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द