नेपाल मामिलामा भारत असफल - भाजपा नेता स्वामी | Khabarhub Khabarhub

नेपाल मामिलामा भारत असफल – भाजपा नेता स्वामी


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमन्यम स्वामीले नेपाल मामिलामा भारतको विदेश नीति असफल भएको बताएका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा नेपालमा त्यसको चर्को आलोचना भइरहेका बेला भाजपा नेता स्वामीले ट्वीट गर्दै आफ्नो मुलुकको विदेश नीति पुनरावलोकनसमेत जरूरी भएको बताएका छन् ।

‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्‍न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ?’, उनले ट्‍वीटमा प्रश्‍न गरेका छन्, ‘किन नेपालीहरु भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकन गर्न जरूरी छ ।’

भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारेको नयाँ नक्सालाई अनुसूचिमा अनुसूचिमा राख्न शनिबार प्रतिनिधिसभाबाट संविधान संसोधन विधेयक पारित भएपछि स्वामीको यस्तो धारणा बाहिरिएको हो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ३२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको