सुशान्तको निधनले सलमान स्तब्ध, ट्वीटरमा लेखे- 'सधै सम्झनामा रहिरहनेछौं' | Khabarhub Khabarhub

सुशान्तको निधनले सलमान स्तब्ध, ट्वीटरमा लेखे- ‘सधै सम्झनामा रहिरहनेछौं’


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका युवा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि बलिउड यतिबेला शोकमा डुबेको छ ।

बलिउड अभिनेता तथा अभिनेत्रीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

राजपूतको निधनलाई लिएर बलिउडका स्टारहरुले एक असल कलाकार गुमाएमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बलिउडका अभिनताे सलमान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सधैँ सम्झनामा रहिरहने बताएका छन् ।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा सुशान्त आइतबार पासो लगाएर छुण्डिएको अवस्थमा मृत फेला परेका थिए ।

राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी केही समय यता डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ०८ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण