पाकिस्तानका एक मन्त्रीले लेखे- ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाई !’ | Khabarhub Khabarhub

पाकिस्तानका एक मन्त्रीले लेखे- ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाई !’


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गर्ने गरी संविधानको संशोधन प्रस्ताव पारित गरेसँगै दिपावलीसहित खुशीयाली मनाइएको छ ।

भारतले ऐतिहासिक तथ्य वा प्रमाण नभएको प्रतिक्रया दिइरहँदा पाकिस्तानी एक मन्त्री नेपालीहरुको साहसको प्रसंशा गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा पारित भएकोमा उनले नेपाललाई बधाई दिएका हुन् ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन् ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।’

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ५१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६