पर्वतमा पहिरोले पुरिएका ८ जनाको शव फेला | Khabarhub Khabarhub

पर्वतमा पहिरोले पुरिएका ८ जनाको शव फेला


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ८ जनाको शव फेला परेको छ ।

शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका ८ जनाको शव फेला परेको हो । मृत्यु भएका ८ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ ।

वेपत्ता एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकी १३ वर्षीय जेनिश विकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिर्पा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, र ७ वर्षीया प्रमिसा विक छन् । अहिले पनि वर्षा भइरहेकाले समस्या भएको जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन