लकडाउनमा अत्यावश्यक परे सवारी पास पाइने, कहाँबाट लिन सकिन्छ ? | Khabarhub Khabarhub

लकडाउनमा अत्यावश्यक परे सवारी पास पाइने, कहाँबाट लिन सकिन्छ ?


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले लकडाउनको समयमा अत्यावश्यक पर्नेहरुका लागि सवारी पास प्रदान गर्न सकिने जनाएको छ ।

लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएका सबै प्रकारकार सावरी पासहरु रद्द गरिएकाे विषयमा विभिन्न निकाय एवं महानुभावबाट केही अस्पष्टता भएको भन्ने गुनासो प्राप्त भएको भन्दै गृह मन्त्रालयले पाँच बुँदामा स्पष्ट पाेरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अत्यावश्यक पर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने जानकारी दिएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालयको वेभसाइट ( daokathmandu.moha.gov.np) मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायसँग सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः सवारी पास लिन सकिने जनाएको छ ।

त्यस्तै सञ्चारकर्मीहरको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त सञ्चारकर्मीहरु’लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यस्तै मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने र काठमाडौं उपत्यकामा एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा नपर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६