खेलकुद क्षेत्रको पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा | Khabarhub Khabarhub

खेलकुद क्षेत्रको पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

संघीय संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बर्ष खेलकुदमा स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सुविधा सम्पन्न पूर्वाधार निर्माण र स्तरोन्नतीलाई निरन्तरता दिने बताएकी हुन् ।

यस्तै नीति तथा कार्यक्रममा आगमि आर्थिक वर्ष उच्च पर्वतीय खेलकुुद तालिम केन्द्रको स्थापना गरिने उल्लखे भएको छ । सरकारले नीजि क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधारलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरेको छ ।

यस्तै राष्ट्रपति भण्डारीले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको उपलब्धीको प्रशंसा समेत गरेकी छन् । सागमा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै ५१ स्वर्णसहित २०७ पदक जितेको थियो ।

सरकारले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई पदक जित्ने गरि खेलाडीको क्षमता अभिवृदी गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ५६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म