सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने | Khabarhub Khabarhub

सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने भएको छ ।

चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला चीन सरकारले समेत सहयोग गर्ने सहमति भएको मदन भण्डारी विश्वविद्यालय आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक काम गर्ने जानकारी दिएकी हुन् ।

तीन वर्षमा सबै सामुदायि विद्यालयमलाई प्रर्वाधारका हिसाबले सम्पन्न बनाउने, विद्यालय तहको पाठ्यक्रममा नागरिकको कर्तव्य लगायतका विषय समेट्ने समेत लक्ष्य लिइएको छ ।

सबै क्याम्पसमा इन्टरनेट जडान गर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने लगाएतका विषय समेत आगामी आर्थिक वर्षमा शुरु गर्ने सरकारले घोषणा गरेको छ ।

शिक्षामा सुरुङ प्रविधि :

कृषि, वन र विज्ञानदेखि सुरुङ प्रविधिसम्मका विषयमा उच्चशिक्षाको व्यवस्था मिलाइने, अनलाइन शिक्षाको प्रबन्ध, ‘माटो चिनौँ’ अभियानअन्तर्गत स्नातकोत्तर गरेका युवालाई स्वयंसेवकका रुपमा परिचालन गरिने आदि सरकारको आगामी आवको नीति तथा कार्यक्रममा समाविष्ट शिक्षासम्बन्धी केही नयाँ विषयहरु समावेश गएिको छ तर साक्षर नेपाल, सामुदायिक विद्यालय सवलीकरण, विद्यार्थी भर्ना अभियानजस्ता कार्यक्रम पुरानै हुन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०८ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा