कोरोनाले समस्यामा परेकालाई राखेप सदस्य कुँवरको सहायता | Khabarhub Khabarhub

कोरोनाले समस्यामा परेकालाई राखेप सदस्य कुँवरको सहायता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर जुटेका छन् ।

लकडाउन लागू भएदेखि नै दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदूर, आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गका परिवारलगायतलाई निजी खर्चमा राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यमा कुँवर सक्रिय भएका हुन् ।

बिहीबार सदस्य कुँवरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण गरे । उनले आवश्यक परे आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘विश्वव्यापी यो असहज स्थितिको चाँदै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु । कसैले पनि यस्तो स्थितिको सामना गर्नु नपरोस् । तर, परि आएको खण्डमा सक्दो सहयोग गर्न पछि हट्दिन,’ कुँवरलाइै उद्धत गर्दै राखेपले जनाएको छ ।

उनले यसअघि कीर्तिपुरका दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, विरामी कुरुवा, मजदुर, अपाङ, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका कैयौं विद्यार्थीलाई उनले राहत उपलब्ध गराए ।

कुँवर सुदूरपश्चिमको अछाम जिल्ला निवासी हुन् । गत चैत १२ गते सुदूरपश्चिममा पहिलो कोरोना भाइरस संक्रमित भेटिएपछि संकलन गरिएको अन्य सम्भावित ७० जना भन्दा बढीको स्वाब जोखिम मोलेर आफ्नै गाडीमा परीक्षणका लागि काठमाडौं ल्याएका थिए ।

उनले लक्षित वर्गलाई वितरण गर्न केहि संस्थालाई आर्थिक र खाद्य सामाग्री पनि प्रदान गरेका थिए । राहत सामाग्री वितरण गर्दा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले लक्षित वर्ग बस्ने घरमै गएर कुँवरले राहत वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ३५ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु