र्‍यापिड टेस्ट पोजेटिभ देखिएका काभ्रेका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका काभ्रेका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुई जनाको प्रयोगशाला परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार आरटीडीमा पोजेटिभ देखिएपछि उनीहरुको आज धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको हो ।

उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका वासिन्दा थिए ।

पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाकाे कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ । हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाकाे कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : १७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा