कोरोना भाइरसविरुद्ध ताइवानी सफलताको रहस्य | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्ध ताइवानी सफलताको रहस्य


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्व मानचित्रमा विरलै मुलुक होलान् जहाँ कोरोना भाइरसको संक्रमण नपुगेको होस् । विश्वका प्रायः सबै मुलुकमा पुगिसकेको कोरोना भाइरसका कारण हालसम्म विश्वभर १ लाख २६ हजार जनाको ज्यान गइसकेको छ ।

अघिल्लो वर्ष डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म करिब करिब २० लाख मानिसहरू संक्रमित भएका छन् । यो संख्या उकालो लाग्ने क्रम अझै थामिएको छैन ।

कोरोना भाइरसविरुद्धको खोप विकास गर्न वैज्ञानिकहरू रात दिन लागिरहेका छन् । कोरोनाको प्रकोपबाट बच्न मानिसहरूलाई घरमै बस्न सुझाइएको छ ।

अहिले कोरोना भाइरसको सबैभन्दा ठूलो प्रकोप अमेरिकामा छ । अमेरिकामा कोरोना भाइरसले २६ हजार ६४ जनाको मृत्यु भइसकेको छ, करिब ६ लाख १४ हजारबढी संक्रमित छन् ।

अमेरिकापछि इटालीमा प्रकोप बढी देखिएको छ जहाँ २१ हजार ६७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको उद्गमस्थल चीनभन्दा धेरै टाढा रहेका नियन्त्रण गर्न संघर्ष गरिरहेका बेला चीननजिकै रहेको टापु मुलुक ताइवानले भने कोरोना भाइरसको सफल व्यवस्थापन गरी विश्वमा उदाहरण नै पेश गरेको छ ।

रोचक कुरा त के छ भने ताइवानमा आफ्नो सार्वभौमिकता दाबी गर्ने मुलुक चीनले ताइवानलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सदस्यता लिन पनि दिएको छैन । डब्ल्युएचओको साथबिनै ताइवान कोरोना भाइरस प्रकोप नियन्त्रणमा एक हदसम्म सफल भएको छ ।

ताइवानमा हालसम्म कोरोना भाइरसका ३९३ जनामात्र संक्रमित छन्, ६ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना भाइरसले जुन स्तरमा क्षति पुर्‍याइरहेको छ, त्यो हेर्दा ताइवानमा प्रकोप निकै सीमित रहेको भन्न सकिन्छ ।

चीनमा कोरोना भाइरसका बिमारीको संख्या बढ्न थालेपछि ताइवानले चीन, हङकङ र मकाउका मानिसलाई यात्रा प्रतिबन्ध लगायो । मास्कको माग उच्च पूरा गर्न उत्पादन बढायो । अहिले ताइवानी नागरिकहरू तोकिएको औषधि पसलमा निश्चित मात्रामा साताभरिका लागि मास्क खरिद गर्न सक्छन् । ताइवानको यही अभ्यास दक्षिण कोरिया र फ्रान्सले पनि अवलम्बन गरेका छ ।

यही जनवरीमा चीनमा कोरोना भाइरसले उग्र रूप लिन थालेका बेला धेरैले अनुमान लगाएका थिए— कोरोना भाइरसले नजिकैको ताइवानमा ठूलो विनाश निम्त्याउने भयो । अहिले त्यस्ता अनुमान फेल खाएको छ । ताइवानले कोरोना भाइरसको सफल व्यवस्थापन गरेरै जवाफ दिएको छ ।

‘सन् २००३ मा सार्स भाइरसको प्रकोप फैलिएयता यस्ता स्वास्थ्य प्रकोपका लागि ताइवान निकै चनाखो रहँदै आएको छ,’ अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयका जनस्वास्थ्य विषयका प्राध्यापक डा. चुनहुइ ची भन्छन् ।

चीनमा कोरोना भाइरसका बिमारीको संख्या बढ्न थालेपछि ताइवानले चीन, हङकङ र मकाउका मानिसलाई यात्रा प्रतिबन्ध लगायो । मास्कको माग उच्च पूरा गर्न उत्पादन बढायो । अहिले ताइवानी नागरिकहरू तोकिएको औषधि पसलमा निश्चित मात्रामा साताभरिका लागि मास्क खरिद गर्न सक्छन् । ताइवानको यही अभ्यास दक्षिण कोरिया र फ्रान्सले पनि अवलम्बन गरेका छ ।

‘ताइवानले ६८ लाख डलर खर्चेर मास्क उत्पादन गर्ने ६० वटा नयाँ कारखाना खोल्यो,’ ची भन्छन्, ‘अहिले यसलाई ताइवानको चमत्कार नै भन्न थालिएको छ ।’

ताइवान सरकारले स्वास्थ्य कार्यकर्तालाई सहयोग गर्न तथा सम्भावित बिरामी र उच्च जोखिममा रहेका व्यक्तिको निगरानी गर्न डेटा प्रविधिको पनि प्रयोग गरेको छ ।

जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रतिवेदन प्रकाशित गर्दै अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका जनस्वास्थ्य नीति विशेषज्ञ डा. जसन वाङले ताइवानको सफलतामा प्रविधिको प्रयोगलाई जस दिएका छन् ।

ताइवान फ्याक्टचेकर सेन्टर नामक गैरनाफमूलक संस्था प्रायःजसो ताइवान सरकारतर्फ लक्षित यस्ता दुष्प्रचारजन्य सामग्रीको वास्तविकता उजागर गर्न लागिरहेको छ । ‘ताइवान सरकारविरुद्ध दुष्प्रचारको यो अभियान पुरानै शैलीको हो तर स्वास्थ्य संकटको आड लिने काम चाहिँ नयाँ हो,’ इन्स्टिच्युट फर द फ्यूचरका डिजिटल इन्टिलिजेन्स ल्याबका निर्देशक निक मोनाको भन्छन् ।

‘तपाईं क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्ति हो भने सरकारले तपाईंलाई फोन गरी तपाईं कहाँ हुनुहुन्छ भन्ने जानकारी लिन्छ,’ वाङ भन्छन्, ‘१४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने मानिस बाहिर निस्केको छैन भन्ने निश्चित गर्न सरकारले फोन ट्राक गर्छ ।’

सरकारले क्वारेन्टाइनमा रहेका मानिसलाई सहयोग गर्छ । उनीहरुका लागि स्थानीय प्रतिनिधिहरूले खाना, किताबजस्ता आवश्यक सामान जोहो गरिदिन्छन् । सरकारले क्वारेन्टाइनमा बसिरहेकाहरूका लागि दुई सातासम्म ३० डलर भत्ता दिने कार्यक्रम ल्याएको छ ।

‘यही कारण ताइवानीहरू आफूमा लक्षण देखिएमा अस्पताल जान हिचकिचाउँदैनन्,’ वाङ भन्छन्, ‘लोकतान्त्रिक मुलुकहरूले यस्तै क्वारेन्टाइन पद्धति अपनाउँछन् । अधिनायकवादी मुलुकभन्दा लोकतान्त्रिक मुलुकको क्वारेन्टाइन पद्धति फरक हुन्छ । मेरो विचारमा यस्तै बेलामा लोकतान्त्रिक मुलुकहरूले आफूसँग भएका डेटा र प्रविधिको प्रयोग गर्न सक्नुपर्छ ।’

ताइवान सरकार कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागिरहेका बेला त्यहाँको सामाजिक सञ्जालमा दुष्प्रचारका सामग्री पनि उत्तिकै देखिएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन ज्वरो नाप्दै स्वास्थकर्मी । तस्वीर गेट्टी इमेज

ताइवान फ्याक्टचेकर सेन्टर नामक गैरनाफमूलक संस्था प्रायःजसो ताइवान सरकारतर्फ लक्षित यस्ता दुष्प्रचारजन्य सामग्रीको वास्तविकता उजागर गर्न लागिरहेको छ ।

‘ताइवान सरकारविरुद्ध दुष्प्रचारको यो अभियान पुरानै शैलीको हो तर स्वास्थ्य संकटको आड लिने काम चाहिँ नयाँ हो,’ इन्स्टिच्युट फर द फ्यूचरका डिजिटल इन्टिलिजेन्स ल्याबका निर्देशक निक मोनाको भन्छन् ।

मोनाकोका अनुसार सरकार र नागरिक समाजबीचको पारदर्शी सूचना प्रवाह र सञ्चारले यस्ता दुष्प्रचार अभियान रोक्न सहयोग पुग्छ ।

चीनले ताइवानलाई विश्वस्वास्थ्य संगठन डब्लूएचओमा सदस्यता लिन रोके पनि ताइवानले कोरोना भाइरस विरुद्धको आफ्नो अनुभव विश्वका अन्य मुलुकसँग बाँड्न नछाड्ने जनस्वास्थ्य नीति विशेषज्ञ डा. वाङ बताउँछन् ।

‘यस्तो अवस्थामा अफवाह फैलियोस् भन्ने हिसाबमा दुष्प्रचार गर्नु बेइमानी हो,’ मोनाको भन्छन्, ‘यस्ता अफवाह धेरै फैलिनुअघि नै ताइवान फ्याक्ट चेक सेन्टर र ताइवान सरकारले यस्ता दुष्प्रचारको वास्तविकता उजागर गरिसक्छन् ।’

अर्कोतर्फ ताइवानले पछिल्ला केही दशकमा बायोमेडिकल अध्ययन क्षेत्रमा पनि लगानी गरेर यसको क्षमता बढाएको छ । ताइवानमा कोरोना भाइरस परीक्षण सामग्री पनि ठूलो स्तरमा उत्पादन भइरहेको छ ।

ताइवानको एकेडेमिया सिनिका नामक संस्थानका शोधकर्ताहरू २० मिनेटभित्र नतिजा दिनेगरी र्‍यापिड टेष्टिङ किट विकास गर्न लागिपरेका छन् ।

चीनले ताइवानलाई विश्वस्वास्थ्य संगठन डब्लूएचओमा सदस्यता लिन रोके पनि ताइवानले कोरोना भाइरस विरुद्धको आफ्नो अनुभव विश्वका अन्य मुलुकसँग बाँड्न नछाड्ने जनस्वास्थ्य नीति विशेषज्ञ डा. वाङ बताउँछन् ।

उनका अनुसार टेलिकन्फरेन्सका माध्यमबाट ताइवानले विभिन्न मुलुकहरुसँग सहकार्य गरिरहेको छ ।

‘मेरो विचारमा कोरोना भाइरसविरुद्धको लडाइँमा ताइवानलाई डब्ल्युएचओको साथभन्दा पनि डब्ल्युएचओलाई ताइवानको साथ बढी आवश्यक छ,’ जनस्वास्थ्यका प्राध्यापक डा. ची भन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : ५७ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो