कोरोनाभाइरसले स्पेनमा १ लाख ७४ हजार बढी संक्रमित, १८ हजार २५५ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोनाभाइरसले स्पेनमा १ लाख ७४ हजार बढी संक्रमित, १८ हजार २५५ जनाको मृत्यु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८८ हजार ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : ०४ बजे

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा