कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने सार्क राष्ट्रको साझा प्रतिवद्धता | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने सार्क राष्ट्रको साझा प्रतिवद्धता


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखहरूले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने  साझा प्रतिवद्धता जनाएका छन् ।

आइतबार कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा उनीहरुले कोरोना भाइरसविरुद्धको लडाईंमा सार्क राष्ट्रका मुलुकहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

भिडियो कन्फरेन्सको शुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा कोरोना भाइरसको अवस्था र संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी दिए ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री मोदीले भने, ‘कोरोनाविरुद्धको लडाईमा एकजुट बनौं, नआत्तिऔं ।’

प्रधानमन्त्री मोदीले आफ्नो भनाइ राखेसँगै अन्य सदस्य राष्ट्रका नेताहरूले पनि आ–आफ्नो मुलुकमा कोरोना भाइरसको संक्रमण रोक्न गरिएको प्रयासबारे जानकारी दिएका थिए ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिएको जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको प्रयासका बारेमा जानकारी दिए ।

‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिँन भइरहेको तयारीको मैले आफैं निरीक्षण गरिरहेको छु ।’

सबै सार्क मुलुकका नेताहरुको आ–आफ्ना भनाइ राखेसँगै भारतीय प्रधानमन्त्री मोदीले कोभिड–१९ ‘इमरजेन्सी फन्ड’ बनाउने प्रस्ताव राखेका थिए । उनले उक्त फन्डमा भारतले १ करोड अमेरिकी डलर सहयोग गर्ने बताए ।

प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरेका थिए ।

उनले भारतले बनाएको इन्टिग्रेटेड डिजिज सर्भिलियन्स पोर्टलको सफ्टवेयर अरू राष्ट्रलाई समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले कोरोना भाइरसविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको उक्त प्रस्तावलाई सबै राष्ट्रका नेताहरुले स्वागतयोग्य भएको बताएका थिए ।

भिडियो कन्फरेन्समा कसले के भने ?

प्रधानमन्त्री ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार

कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रहरुको संयुक्त प्रयास आवश्यकः प्रधानमन्त्री ओली

कोरोना भाइरविरुद्ध सार्कमा ‘इमर्जेन्सी फण्ड’ बनाउन भारतको प्रस्ताव

कोरोना भाइरसविरुद्ध मिलेर अघि बढौं: प्रधानमन्त्री मोदी

कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता

कोरोना भाइरसविरुद्ध सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति राजापाक्षे

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : प्रधानमन्त्री हसिना

कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान

कोरोनाकाे संक्रमण रोक्न सार्क राष्ट्रबीच सहयोग प्रमुख आवश्यकता : राष्ट्रपति घानी

कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ०० बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको