कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कताका साथ काम भइरहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले कोरोना रोकथामका लागि सहकार्य अनिवार्य रहेको बताएका हुन् ।

‘भुटानका राजा अहिले अहिले राजधानी बाहिर छन् । कोरोना भाइरस विरुद्ध लागिरहेका छन् ।’ भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले भने, ‘कोरोनाको संक्रमण रोक्न भुटानीहरुलाई एकताबद्ध हुन हामीले निर्देशन दिएका छौं ।’

उनले कोरोना भाइरस विरुद्धको सहकार्य आवश्यक रहेको बताउँदै सबै नेता–नेताहरु तथा जनता–जनताहरुबीच पनि सूचना आदानप्रदान उत्तिकै आवश्यक रहेको बताए ।

उनले आफ्नो मुलुकमा एउटा मात्र ‘केस’ रहेको बताउँदै भुटानलाई माया गर्ने एक जना पर्यटकमा उक्त संक्रमण देखिएको बताए । उनले ती पर्यटकसँग नजिक रहेका सबै ४८ जनाको पहिचान गरी आवश्यक कदम चालेको जानकारी दिए ।

चिकित्सकहरुले उनको उपचार गरेको जानकारी दिँदै योजना बनाइएअनुसार सबै काम भएको बताए ।
उनले भने, ‘यो हाम्रा लागि ठूलो सफलता हो । उनलाई केही दिन अघि मात्र अस्पतालबाट निको बनाएर घर फर्काएको बताए ।

उनले भने, ‘कोरोनाको संक्रमण निकै ठूलो चुनौती हो । यसले भौगोलिक सीमा हेर्दैन । त्यसैलय यसको नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ ।’

उनले कोरोना भाइरसको रोकथामका लागि आफूहरुसँग भएका स्रोत साधन परिचालन गर्न तथा सहकार्य गर्न तयार रहेको बताए । उनले आर्थिक क्षेत्रमा पनि सहकार्य आवश्यक रहने बताउँदै साथ र सहयोगको प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३० बजे

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न