कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्धको लडाईंमा वृहद रणनीति आवश्यकः राष्ट्रपति सोलिह


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोना भाइरसविरुद्ध कुनै पनि राष्ट्रले एक्लै लड्न नसक्ने बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा राष्ट्रपति सोलिहले कोरोना भाइरसको रोकथामका लागि साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

उनले जनवरीबाट मालदिभ्सले कोरोनाविरुद्ध लड्ने प्रयास गरिरहेको बताए । विभिन्न टापुहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि क्वारेन्टाइनको व्यवस्था गरेको जानकारी दिए ।

उनले बाहिरी टापुहरुमा विशेषज्ञ उपचार नहुने भएका कारण सबैलाई राजधानी माले ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

‘विशेषज्ञ चिकित्सकहरुको अभाव सँधै चुनौती छन् । यो प्रकोपको बेला अझ ठूलो चुनौती बनेको छ ।’ उनले भने

उनले भारतले गरेको सहयोगप्रति विशेष धन्यवाद दिए ।

कोरोना भाइरसका कारण पर्यटकहरु घटिरहेको जानकारी दिए । उनले भने, ‘सीमित श्रोत छन् । मालदिभ्सको आफ्नै किसिमको भूभागका कारण यसले उत्तिकै चुनौती र अवसर प्रदान गरेको छ ।’

उनले फेब्रुअरी महिनामा १३ प्रतिशतले पर्यटकको संख्या घटेको जनाए । यसको प्रमुख असरका रुपमा कोरोना भाइरस नै भएको बताउँदै उनले यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेको र आगामी दिनमा अझ व्यापक असर पर्ने सम्भावना देखिएको बताए ।

माल्दिभ्समा पर्यटकले कूल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा ओगटेको जनाउँदै राष्ट्रपति सोलिहले कोरोना भाइरसले चुनौती थपेको बताए ।

उनले माल्दिभ्समा सबैभन्दा बढी चिनियाँ र इटालीबाट पर्यटक आउने भए पनि अहिले ती राष्ट्रहरु नै कोरोना भाइरसको चपेटामा परेका बताए ।

उनले विदेशी मुद्रा घटेको जानकारी दिँदै ४५० मिलियन कमी आएको बताए । आयातमा आधारित मालदिभ्सको अर्थतन्त्रमा असर परेको छ । सरकारी आयमा पनि कमी आएको छ । उनले कोरोना भाइरसविरुद्धको लडाईं वृहद क्षेत्रीय रणनीति बनाउन आवश्यक रहेको बताए ।

पहिलो स्वास्थ्य अधिकारीबीच समन्यव आवश्यक छ । उनले अर्थतन्त्रलाई सुदृढ बनाउने खालको योजना बनाउनुपर्ने समेत बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ५२ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ