कोरोना भाइरस संक्रमणबाट इटालीमा मेयरको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणबाट इटालीमा मेयरको मृत्यु


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए ।

यो नगर कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ ।

कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र यहीकारण शुक्रबार उनको मृत्यु भएको जनाइएको छ ।

इटालीमा हालसम्म कोरोना भाइरसका कारण १४४१ जनाको ज्यान गइसकेको छ । इटालीमा यसबाट अरु २१ हजार भन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ५८ बजे

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्