रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने, बिरामीको खर्च पनि आफैं व्यहोर्ने | Khabarhub Khabarhub

रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने, बिरामीको खर्च पनि आफैं व्यहोर्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले स्थापना गरेका होटेललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि अस्पतालमा परिणत गर्ने भएका छन् ।

कोरोना विरुद्धको लडाईंमा सहयोग गर्नका लागि रोनाल्डोले पोर्चुगलमा आफूले स्थापना गरेका होटेलहरुलाई अस्पतालमा परिणत गर्ने घोषणा गरेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ ।

सीआर ७ होटेलहरु अस्पतालमा परिणत गरेपछि त्यहाँ निशुल्क उपचार गर्न सकिने जनाइएको छ ।

त्यसको सम्पूर्ण शुल्क रोनाल्डोले व्यहोर्नेछन् । केही दिनअघिमात्र सामाजिक सञ्जालमा सूचना जारी गर्दै ‘सबै स्वार्थबाट माथि उठेर हामीले हाम्रो जीवन बचाउनु पर्छ,’ भनेका थिए ।

उनी आफैं अहिले पोर्चुगलको मेडेइरा टापुमा क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ५१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही