लाइसेन्सबिना चलाउन मिल्ने कार बजारमा | Khabarhub Khabarhub

लाइसेन्सबिना चलाउन मिल्ने कार बजारमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  –  लाइसेन्सबिना पनि चलाउन मिल्ने कार सार्वजनिक भएको छ ।

सिट्रोएना कम्पनीले सार्वजनिक गरेको छोटो इलेक्ट्रिक कार एमी फ्रान्सका बजारमा उपलब्ध हुन थालेको छ । यसलाई छिट्टै विश्व बजारभर विस्तार गरिने सिट्रोएनाले जनाएको छ ।

एमी मात्रै २.४१ मिटर अर्थात ७ फिट ११ इन्च लामो रहेको छ । कम्पनीले यसलाई कार नभनी क्वाडसाइकल भएको बताएको छ । यो कार नभएकाले यसलाई बच्चाहरुले पनि चलाउन सक्नेछन् ।

कम्पनीले यस क्वाडसाईकललाई चलाउन कुनै पनि प्रकारको लाईसेन्सको आवश्यकता नरहेको र यसलाई १४ वर्षदेखि १६ वर्षसम्मका बच्चाहरुले पनि चलाउन सक्ने दावी गरेको छ ।

६ हजार यूरो मूल्य राखिएको यो कारका लागि २ हजार ६४४ युरो शुरुवाती भुक्तान गरिसकेपछि १९.९९ डलर प्रति महिना किस्ता तिर्ने गरी लान सक्नेछन् ।

कम्पनिका अनुसार यो कार ४५ किलोमिटर प्रति घन्टाको गतिमा कुद्न सक्दछ । तर एक पटक चार्ज गरेपछि ७० किलोमिटर भन्दा बढीको दूरी भन्दा बढी भने नगुड्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६