अफ्रिकामा पनि देखा पर्‍यो कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अफ्रिकामा पनि देखा पर्‍यो कोरोना भाइरसको संक्रमण


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– इजिप्टमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

यससँगै चीनबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण पहिलो पटक अफ्रिकी महादेशमा पनि देखा परेको हो । इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कोरोनाभाइरसको संक्रमण देखा परेका व्यक्ति विदेशी नागरिक हुन् ।

उनको राष्ट्रियता वा अन्य कुनै किसिमका पहिचान भने खुलाइएको छैन । संक्रमित व्यक्तिलाई अस्पतालमा अरु बिरामीबाट अलग्गै राखेर उपचार भइरहेको छ ।

ती व्यक्तिमा गरिएको परीक्षणमा कोरोनाभाइरसको सकारात्मक नतिजा आएपनि उनमा कोरोनाभाइरसको गम्भीर लक्षण भने नदेखिएको जनाइएको छ ।

वैज्ञानिकहरुले चीनको मध्य हुबेई प्रान्तबाट शुरु भएको प्राणघातक कोरोनाभाइरसको नाम कोभिद–१९ राखेका छन् । यस भाइरसको संक्रमणबाट हालसम्म १५ सय भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भइसकेका छन् ।

चीनबाहेक भाइरसको संक्रमण दुई दर्जनभन्दा धेरै मुलुकमा देखा परिसकेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन