कोरोना संक्रमणबाट युरोपमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट युरोपमा एक जनाको मृत्यु


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको हो ।

उनका अनुसार उत्तरी पेरिसको बिसा अस्पतालमा उपचाररत ८० वर्षे चिनियाँ पर्यटकको ज्यान गएको हो । उनलाई गत जनवरी २५ देखि उपचार गरिरहेको जनाइएको छ ।

कोरोनाभाइरसबाट फोक्सोमा संक्रमण भएका कारण उनको ज्यान गएको एएफपीले जनाएको छ ।

चीनबाट शुरु कोरोनाभाइरसबाट हालसम्म करिब १४ सय जनाको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भएका छन् ।

यसबाट फ्रान्ससहित जापान, हङकङमा र फिलिपिन्समा एक–एक जनाको ज्यान जानुबाहेक बाँकी सबै ज्यान गुमाएका घटना चीनका छन् ।

हालसम्म विभिन्न २४ मुलुकका कोरोनाभाइरसको संक्रमण देखा परेको छ । फ्रान्समा यसअघि ११ जनामा कोरोनाभाइरसको संक्रमण देखा परेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ५० बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।