भ्रष्टचार गर्नेलाई छाड्दिन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

भ्रष्टचार गर्नेलाई छाड्दिन : प्रधानमन्त्री ओली


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानूनी दायरामा ल्याइछाड्ने बताएका छन् ।

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख हेरेर भ्रष्टलाई छाड्दिन । सार्वजनिक जग्गा हडपेका विषयका दोषीलाई कारबाही गर्दा होस् वा राजश्व अपचलनको विषयमा होस् सरकारले काम गरिरहेको छ । राजश्व चुहावट २ वर्षका बिचमा ७ सय ९५ जनालाई २६ अर्बभन्दा बढि विगो दाबी मागेर अदालतमा मुद्धा दायर गरिएको छ ।’

उनले पूर्वाधार निर्माणले पनि गति लिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘४० वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बनाइएको छ । अब जुनसुकै विमान पनि उड्न सक्नेछन् । विमानस्थलको टर्मिनल हेर्ने जसलाई पनि परिवर्तन र सुधारहरुका बारेमा अवश्य होला । धेरै विमानस्थलहरुलाई सुधार गरिएको छ । वार्षिक रुपमा ३२ हजार उडान त्रिभुवन विमानस्थलबाट उडान हुने गरेको छ ।’

२४ वर्षदेखि चर्चामा रहेको मोतिहारी अमलेखगञ्ज पाइपलाइन मेरो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग छलफल गरेपनि तोकिएको समयभन्दा अघि अर्थात् १७ महिनामै सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरे ।

सबै नेपालीको पहुँचमा टेलिफोन सेवा र फोरजी सेवा पनि पुगेको भन्दै प्रधानमन्त्री ओलीले यो पनि सरकारको कामको तथ्याङ्क नै रहेको बताए ।

भुकम्पपछिको पुर्ननिर्माणले तीव्रता लिएको, बारा पर्सा जिल्लामा आएको हावहुरीका कारण क्षति पुगेका सबै संरचनाको निर्माणको काम भइसकेको विषय सरकारको जनताप्रतिको उत्तरदायित्वको नमुना भएको प्रधानमन्त्रीको भनाइ छ ।

शिक्षा क्षेत्रमा सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘शत प्रतिशत विद्यालय भर्नादर छ, विद्यालय छाड्ने दर पनि घटेको छ । यसे अंक मात्रै होइन, सरकारको उपलब्धि पनि बोल्छ । सरकारको नेतृत्व लिने बेलामा १५ जिल्लामा रहेको स्वास्थ्य बिमा अहिले ३९ जिल्लामा पुगेको छ ।’

‘दक्षिण एसियामै पहिलो देशका रुपमा नेपाल पहिलो देश बनेको छ । खुला दिशामुक्त क्षेत्र घोषणा गरेर ।
तराईमा ढलको परिकल्पना पनि थिएन, तर तराई मधेशमा समेत ढल बनाइएको छ,’ फोहोर व्यवस्थापनमा सरकारले गरेको काम सुनाउँदै भने, ‘काठमाडौंको फोहर व्यवस्थापन गर्नका लागि निर्माणाधिन बञ्चरेडाँडाको काम चैतसम्ममा सक्ने लक्ष्य लिएको छ ।’

सरकारले चलाएको अभियान प्रभावकारी भएको भन्दै प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत १ करोड जनसंख्या समेटिएको छ । कामदारको तलव झण्ढै ३९ प्रतिशत बढेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा अघि बढेको छ । १२ हजार १ सय ५५ रोजगारदाता समेटिएको छ । नयाँ युगको सुरवात भनेर सरकारले अघि सारेको योजनाप्रति भएका टिप्पणीलाई सरकारले गम्भिर ढंगले लिएको छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : १६ बजे

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०