हैटीको अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

हैटीको अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

अमेरिकाको क्रिष्टियन समूहले सञ्चालन गरेको सो अनाथालयले औपचारिक मान्यता भने पाएको थिएन । हैटीमा आधिकारिक स्वीकृति बिना नै सञ्चालन भएका यस्ता धेरै अनाथालय छन् ।

जीवित रहेका बालबालिकाहरुलाई सहयोग गर्ने तथा उनीहरुका लागि बासको व्यवस्था गर्ने प्रक्रिया जारी रहेको स्थानीय अधिकारीले बताएका छन् । आगलागी भएका बेला सो अनाथालयमा ६० जना बालबालिका थिए ।

अमेरिकाको पेन्सिलभेनियाको चर्चले सो अनाथालय सञ्चालन गर्दै आएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिणमा रहेको अनाथालयमा बिहीबार बेलुका आगलागी भएको हो ।

जेनेटर बिग्रिएपछि उज्यालोका लागि मैनबत्ति बालिएको थियो । त्यसैबाट आगलागी शुरु भएको अनाथालयका अधिकारीले बताएका छन् । दुईजनाको घटनास्थलमै तथा निसास्सिएका १३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : २७ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले