एक महिनामा ५४ हजार चालकलाई कारवाही | Khabarhub Khabarhub

एक महिनामा ५४ हजार चालकलाई कारवाही


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।

सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनामा चालकलाई कारवाही गरिएको हो ।

यो अवधिमा झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले दिएको जानकारी अनुसार फुटपाथमा जथाभावी पार्किङ गर्ने पाँच हजार ८१७, जथाभावी हर्न बजाउने एक हजार ५६१, मापसे गरी सवारी चलाउने दुई हजार ७८४, लेन अनुशासन पालना नगर्ने तीन हजार ४१, जथाभावी पिक एण्ड ड्रप गर्ने दुई हजार ४२ र बढी भाडा लिने ८२९ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

यो समयमा पाँच हजार ६४६ सार्वजनिक भाडाका सवारी चालक र सहचालक, एक हजार ६४४ ट्याक्सी चालक, नौ हजार ७५ मोटरसाइकल चालक, ५७ सरकारी सवारीका चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको छ ।

यस्तै २१ हजार ३७६ पैदलयात्री, ७१७ सङ्घ संस्थाका सवारी चालक तथा तीन हजार २२० विद्यार्थीलाई पनि सचेत गराइएको महाशाखाले जनाएको छ । अभियान अन्तर्गत जथाभावी बाटो काट्ने एक हजार ६१० पैदलयात्रीलाई तत्काल सोही स्थानमा २० मिनेटको सचेतना कक्षा समेत दिइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न