शेयर बजारमा २० अंकको सुधार | Khabarhub Khabarhub

शेयर बजारमा २० अंकको सुधार


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजारमा बुधबार २०.८५ अंकको सुधार देखिएको छ। पछिल्लो समय उकालो लागेको बजार मंगलबार ७ अंकले घटेको थियो। तर बुधबार बजार फेरि बढ्न थालेको छ।

बुधबार शेयर सूचक बढेसँगै १२८४.२३ अंकमा पुगेर बन्द भएको छ। बुधबार ९० करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ७७ कम्पनीको कारोबार हुदाँ दिनभरि ३० लाख ५५ हजार कित्ता शेयर किनबेच भयो।

बुधवार होटल, उत्पादनमूलक र अन्य बाहेक सबै उपसूचक बढेका छन्। बुधबार बैकिङ समूह २७.१६ अंकले बढ्यो, भने ट्रेडिङ ६३.४७, विकास बैंक ३५.४२, जीवन बीमा ८१.०७ र माइक्रोफाइनान्स २७.२ अंकले सुधार देखियो।

कारोबार रकमको हिसाबले एनआइसी एशिया सबैभन्दा अघि रह्यो। आज बैंकको ७ करोड ४० लाखको कारोबार हुदाँ एनएमबी बैंकको शेयर ३ करोड १८ लाखको कारोबार भयो।

यस्तै, नेपाल बैंक लिमिटेड, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र एभरेष्ट बैंकको २ करोडभन्दा बढीको कारोबार भयो।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ६ : ०९ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे