सभामुख चयनले ओली–प्रचण्ड सम्बन्ध बिग्रियो : एक अर्काको ‘स्टेप’ कुर्दै अध्यक्षद्वय | Khabarhub Khabarhub

सभामुख चयनले ओली–प्रचण्ड सम्बन्ध बिग्रियो : एक अर्काको ‘स्टेप’ कुर्दै अध्यक्षद्वय


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख चयनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखिएको असमझदारीले नेकपा उल्झनमा परेको छ ।

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्षबीच कसलाई बनाउने भन्ने विषयमा सहमति नभएको र सचिवालय निर्णय गर्दा पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि समस्या थप जटिल बनेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहिरहेका छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन चाहिरहेका छन् ।

त्यसका लागि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय नै नेकपाले गरेको छ ।

नयाँ सभामुख चयनका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको भएपनि तुम्बाहाङ्फेले भने त्यसलाई चुनौती दिएकी छिन् ।

उनले पार्टीले आफूलाई निर्देशन दिन नमिल्ने बताएकी हुन् । ‘एउटा संस्थाको प्रमुख पदमा बसेको व्यक्तिलाई निर्देशन जारी गर्न मिल्दैन’ उनले भनिन्,‘संस्थाको नेतृत्व तहमा बसेको व्यक्तिलाई कुनै एउटा दलले निर्देशन जारी गर्न सक्दैन, मिल्दैन ।’

उपसभामुख तुम्बाहाङ्फेले सभामुखमा आफ्नो दावेदारी पेश गर्दै आएकी छिन् र उनलाई राष्ट्रपतिबाट सद्भाव मिलेको नेकपाका प्रचण्डपक्षको आरोप छ भने प्रधानमन्त्रीसमेत मौन बसेको उनीहरुको आशंका रहेको छ ।

प्रचण्ड निकटका एक जना नेताका अनुसार बालुवाटरको दोहोरो भूमिकाका कारण समस्या परेको छ । प्रधानमन्त्री ओली उपसभामुखलाई राजीनामा गर्न नलगाएर प्रचण्डलाई गलाउने पक्षमा रहेको पूर्व माओवादी पक्षको आकलन रहेको छ ।

प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले कसैप्रति लक्षित नगरी प्रचण्डलाई गलाउने राजनीतिका रुपमा उपभामुखको अडान रहेको संकेत गरे । उनले भने,‘ अहिलेसम्म धकाउने र गलाउने राजनीति मात्र भयो । अब परिस्थिति ‘क्लाइमेक्स’मा पुग्यो । निर्णय ६ गतेसम्म हुनैपर्छ ।

षड्यन्त्रपूर्वक ढंगले शक्ति केन्द्रीकरण गरेर अरुलाई नियन्त्रण गर्न खोजिएको छ । यो पार्टीको एकता, कम्युनिस्टको राजनीतिक भविष्य र नेपाली जनतामाथिको अविश्वास तथा घात हो । अबको सभामुख भनेको अग्नि सापकोटा नै हो ।’

नेकपाका स्थायी समिति सदस्य मणि थापाले निकास निस्कन सकेन भने अप्रिय घटना हुने बताए । उनले भने,‘ निकास ननिस्के पार्टीमा अप्रिय अवस्था सिर्जना हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली यस सवालमा जानकार हुनुहुन्छ । प्रचण्ड आफ्नो अडान अर्थात अग्नि सापकोटा सभामुख बनाउनुपर्छ भन्ने विषयबाट पछि नहट्ने पक्का छ ।’

टुट्यो संवाद

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच आइतवार यता औपचारिक अनौपचारिक वार्तासमेत हुन सकिरहेको छैन ।

शनिवार सचिवालय बैठक बस्नु अघि प्रचण्डले ओलीसँग छलफल गरेका थिए । शनिवार नै डायलायसिसका लागि अस्पताल पुगेका ओलीसँग छलफल गरेपछिको बैठकबाट उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय भएको थियो ।

आइतवार विहान प्रधानमन्त्री ओली र प्रचण्डबीच उपसभामुखलाई राजीनामा गर्न लागने र त्यसका लागि उनीसँग छलफल गर्ने सहमति भएपछि तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर छलफल भएको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेपछि समस्या थप जटिल बनेको थियो । त्यसयता ओली प्रचण्डबीच छलफल हुन सकेको छैन ।

माघ ६ गतेसम्मका लागि संसद बैठक स्थगित भएको अवस्थामा सभामुख चयनबारे देखिएको समस्या समाधान त्यसअघि नै गर्नुपर्ने दवाव नेकपामा रहेको छ । तर दुवै अध्यक्षबीच बढेको असमझदारीले भने समस्या थप बढेको नेकपाका एक जना स्थायी कमिटी सदस्यले बताए ।

‘दुबै अध्यक्षले एकले अर्कालाई हेरिरहनु भएको छ’ एक जना स्थायी कमिटी सदस्यले भने,‘प्रचण्डको अध्यक्षतामा बसेको बैठकबाट निर्णय भएको उपसभामुखलाई राजीनामा गराउने निर्णयको कार्यान्वयन प्रचण्डले कसरी गराउँछन् भनेर ओली हेरिरहेका छन् भने प्रचण्डले पनि प्रधानमन्त्रीको अवको कदम कस्तो हुन्छ भनेर पर्खिरहनु भएको देखिन्छ ।’

पछिल्लो परिस्थिति ‘जोगीसँग भैसी डराउने र भैसीसँग जोगी डराउने भने जस्तो भएको टिप्पणी उनको थियो ।

समस्या जटिल बनेपछि नेकपाका नेताहरु आन्तरिक भेटघाट र निकटस्थहरुसँगको संवादमा रहेका छन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल लगायतसँग छलफलमा व्यस्त बन्द प्रचण्डपनि आफू निकटहरुसँगको छलफलमा जुटेका छन् ।

यसैबीचमा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समय देखिएको विवादको समाधानका लागि आइतवार छलफलसमेत भएको छ । दुई नेताबीच सभामुख चयनका विषयमा सबै विकल्प खुला गर्दै छलफल गर्ने सहमति भएको स्रोतको भनाइ छ ।

नेकपाका स्थायीसमित सदस्य मणि थापाले दुई नेताबीचको भेट सामान्य भएको बताए ।

‘पार्टीमा देखिएको समस्या समाधानका लागि नताहरुबीचको भेटवार्ता समान्य नै हो,’नेता थापाले भने,‘पार्टी एकता गर्दा सहमति भए अनुसार पूर्व माओवादी पक्षले सभामुख राख्ने विषयमा माधवन नेपाल सकारात्मक हुनुहुन्छ ।’

दुई अध्यक्षबीच उपसभामुख तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चूनौती दिएका कारण सभामुखमा उनीबाहेकको विकल्पमा छलफल गर्नुपर्ने निचोड निस्किएको स्रोतको भनाइ छ ।

संवैधानिक संकटको खतरा !

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने उपसभामुखले राजीनामा नदिएका कारण संवैधानिक संकट सिर्जना भएको बताएका छन् ।

उनले भने ‘संवैधानिक संकट उत्पन्न भयो, अब संवैधानिक अंगले नै निकास दिनुपर्छ । सर्वोच्चको निर्णय चाहियो । उपसभामुखले पनि निकास दिनुपर्छ । यो पार्टीको निर्देशनले मात्र समस्या समाधान हुँदैन ।’ नेकपाभित्र उपसभामुखको राजीनामाले गन्तव्यहीन यात्रा शुरु भएको उनको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको राजनीतिक परिघटनाले संसद ‘डेडलक’ भयो । उपसभामुखले राजीनामा नदिइ सभामुखको उम्मेदवारी दिन मिल्दैन । सांसद भएकाहरु मात्र उम्मेदवार बन्न पाइन्छ । विश्वको अभ्यास हेर्दा सबैभन्दा ठूलो पार्टीले सभामुख पाउने चलन छ । यसमा पार्टीको निर्देशन र ह्वीप चल्दैन । यसले सिस्टमलाई नै असर गरेको छ । हामीलाई विश्वास छ, उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : १४ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न