योगाभ्यासले ८१ वर्षे वृद्धको शरीरमा ल्याएको स्फूर्ति | Khabarhub Khabarhub

योगाभ्यासले ८१ वर्षे वृद्धको शरीरमा ल्याएको स्फूर्ति

शारीरिक र मानसिक स्वास्थ्यका लागि उपयोगी योगाभ्यास



काठमाडौं–बिहानको साढे ५ बजे झिसमिस उज्यालो शुरु भएकाले न्युरोडको पसल खुलेका थिएनन् ।

बिहानको समय त्यसमाथि चिसो मौसम । दिउँसोमा व्यस्त हुने न्युरोडमा यतिबेला चहलपहल कम थियो । तर, न्युरोडमा रहेको मारवाडी सेवा समितिको पाँचौ तलामा रहेको योग शिविरमा करिब २० जना जति महिला पुरुषहरु पुगिसकेका थिए ।

जाडो मौसमको चिसोलाई वेवास्ता गर्दै योग शिविरमा पुगेकाहरु म्याट ओछ्याइएको हलभित्र बसे । आफुले लगाएका टोपी, पछ्यौरा निकालेर योग गर्न आफ्नो आसनमा बसे ।

योग शिविरका योग शिक्षक महेश मोदी, जयकृष्ण शर्मा योग अभ्यास सिकाउन हलको अग्र स्थानमा थिए । हलको भुँइमा म्याटमा  झण्डै २० जना महिला तथा पुरुष शान्त स्वाभावमा बसेका थिए ।

‘ॐ..! ॐ..! ॐ..!’ शिविरको हल ओमकारले गुञ्जियो ।

तीनपटक सम्म ओमको उच्चारण पनि हलमा भएका सबैले एकै स्वारमा गायत्री मन्त्र शुरु गरे । गायत्री मन्त्र सकिएपछि राष्ट्रियगान शुरु भयो ।

राष्ट्रियगान पछि हलको अग्र स्थानमा रएका योग गुरुले योग अभ्यास शुरु गरे । उनको निर्देशन अनुसार हलमा भएका सबै महिला–पुरुष योगको नियम र चरण अनुसार योग अभ्यास गरे ।

करिव २ घण्टापछि साढे ७ बजे योगाका सम्पूर्ण आसनमा हुने योगाभ्यास सकियो। दुईघण्टासम्म हलमा रहेका महिला तथा पुरुषहरु शुरुमा हलभित्र पस्दा जस्दै शान्त मुद्रामा थिए ।

नियमित योगाभ्यासमा अभ्यस्त भइसकेका उनीहरुमा चिन्ता, डर, अन्यौलता केही थिएन, थियो त केवल शान्त र हँसिलो अनुहार । न्युरोडको यो योग शिविरमा लामो समयदेखि निशुल्क योगाभ्यास गराइदै आएको छ ।

योगामा गृहिणी महिला देखि ८० वर्षका वृद्धाहरु समेत पुगेका थिए । योग अभ्यासका लागि नियमित पुग्ने गरेका उनीहरु योगाभ्यासले आफ्नो जीवन परिवर्तन भएको अनुभव सुनाए ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ होमबहालकी संगिता स्थापित गृहिणी हुन् । उनले शिविरमा आएर नियमित योगाभ्यास गर्न थालेको ढेडवर्ष भयो । योगाभ्यासले आफ्नो बानी नै सुधार भएको स्थापित बताउँछिन् ।

‘डेढवर्ष भयो, नियमित योगाभ्यास गर्न थालेको, नियमित योगाभ्यासले मेरो आचरणहरु सुधार भएको मससुस भएको छ, कुनै रोगव्याद देखिएको छैन, म आफैमा आत्मविश्वास पनि बढेको छ,’ स्थापितले भनिन्, ‘पहिला–पहिला तनाव महसुस गर्थें, अहिले तनाव महसुस नै हुँदैन ।’

नियमित योगाभ्यासले आफ्नो जीवनमा सकारात्मक प्रभाव परेको भन्दै सबै गृहिणीले योगाभ्यास गर्नुपर्ने स्थापितले बताइन ।

‘योगाभ्यासका लागि दैनिक २ घण्टा समय दिँदा केहि बिग्रिँदैन, बिहानभरी सुतेर बस्नुभन्दा योगाभ्यास गर्नु धेरै फाइदा हुन्छ,’ स्थापित भन्छिन्, ‘योगाले दिमागलाई शान्त बनाउँछ । हाउस वाइफ भनेर घरमा तनाव लिएर कतिपयले आफ्नो आत्मवल घटाइरहेका हुन्छन्, उनीहरुले केही समय योगाभ्यास गरेमा आफुलाई बलियो पार्न, मन, शरीर सफा पार्न सकिन्छ,  योग अभ्यास सबैले गर्नुपर्छ ।’

स्थापितकै छेउमा थिइन अर्की महिला यशोदा स्थापित । ५६ वर्ष पुरा भइसकेकी उनको अनुहारमा बुढेउली देखिदैन । उनले १२ वर्षअघिदेखि नै नियमित योगाभ्यास गर्दै आएकी छन् ।

नियमित योगाभ्यासकै कारणले आफु स्वास्थ्य र आनन्दित रहेको यशोधा बताउँछिन् । ‘योगाले मलाई त धेरै राम्रो भएको छ, अल्छि भइदैन, मन आनन्दित हुन्छ, नचाहिने कुराहरु मनमा खेल्दैन, घरमा एक्लै हुँदा पनि ध्यान गरेजस्तै महसुस हुन्छ,’ यशोदाले भनिन्, ‘योगा सबैले गर्नुपर्छ, योगा आफ्नै लागि हो ।’

डिल्लिबजारका सुरेन्द्र लोहनी उमेरले ७० वर्ष पुगिसकेका छन् । उनी डिल्लिबजारदेखि न्युरोडसम्म योगाभ्यासका लागि नियमित आउँछन् । तर उनको अभ्यास अरुको भन्दा उत्कृष्ठ देखिन्थ्यो ।

लोहनी बिहान ४ बजे उठ्छन् र घरमै पनि एकघण्टा प्राणायाम गर्छन् । त्यसपछि सामुहिक योगाभ्यासका लागि न्युरोडकाे योग सेन्टरमा आइपुग्छन् ।

उनले नियमित योगाभ्यास गरेको ४१ वर्ष पुरा भइसकेको छ । ४१ वर्ष अघि गौशालामा काशीराज उपाध्यायले पहिलोपटक शुरु गरेको योग शिविरमा लोहनी पनि सहभागि थिए । योग शिविरमा योगाभ्यासबारे ज्ञान पाएपछि उनले योग अभ्यास शुरु गरे ।

योगाभ्यासले मानिसलाई स्वास्थ्य र जवान बनाइराख्ने लोहनी बताउँछन् ।

‘योगाभ्यासले स्वास्थ्यलाई तन्दुरुस्त बनाउछ, मेरै उमेरका धेरै व्यक्तिहरुलाई विभिन्न रोगले ग्रसित बनाएको देखेको छु, मलाई अहिलेसम्म कुनै रोग छैन,’ लोहनीले हाँस्दै भने, ‘म वयस्क हुँदा जस्तो अवस्थामा थिए अहिले पनि त्यस्तै महसुस गर्छु । म आफुलाई बुढो भएको फिल नै गर्दिन । कपाल फुलेको छ । तर, म वयस्क व्यक्तिले जस्तै हिड्न सक्छु ।’

लोहनीलाई ७० वर्षको उमेरमा पनि कुनै स्वास्थ्य समस्या नदेखिनुको मुख्य कारण योगाभ्यास र खानपान नै भएको बताउँछन् । उनी दिनमा दुईपटक योगाभ्यास गर्छन् र समयमा स्वास्थ्यकर खाने, समयमा सुत्ने गर्छन् ।

योगाभ्यासले मानिसमा रिस कन्ट्रोल हुनुका साथै सकारात्मक सोचको विकास हुने लोहनीको अनुभव छ ।

‘नियमित योगाभ्यासले सकारात्मक सोच आउँछ । आफन्त, समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ, रिसिबी हुँदैन । प्रेमको भावना आफै दिमागमा आउँछ,’ लोहनीले भने, ‘योग जीवन जीउने कला हो । बिहान उठेर अफिस गएर काम गर्ने, खाने  । काम र खाना मात्र जीवन होइन । जीवनलाई बुझ्न र स्वास्थ्य रहन योगाभ्यास गर्नुपर्छ ।’

ठमेलबाट योगाभ्यासका लागि आएका ८१ वर्षीय केशवमान श्रेष्ठ साढे २ वर्ष अघिदेखि नियमित योगाभ्यास गर्दै आएका छन् । उच्च रक्तचापको समस्या भएका श्रेष्ठ योगाभ्यासले रक्तचाप नियमन्त्रण समेत सहयोग पुर्‍याएको महसुस गर्छन् ।

‘पहिला मेरो मुटुको चालमा समस्या थियो, योगाभ्यासले मेरो मुटुको चाल नियमित भएको छ,’ श्रेष्ठले भने, ‘योग अभ्यास गर्दा स्वास्थ्यलाई राम्रो हुन्छ ।’

काठमाडौंकी ५१ वर्षीया सिर्जना श्रेष्ठ झट्ट हेदा ४० वर्ष पनि नकटेकी जस्तो देखिन्छिन् । बुढौलिले छुँदै गर्दा पनि बुढी नदेखिएकी उनको अनुहारको सुन्दरताको राज भने नियमित योगाभ्यास नै हो । श्रेष्ठले १४ वर्षअघिदेखि योगाभ्यास नियमित गर्दै आएकी छिन् ।

‘योग अभ्यास गरेपछि ममा धेरै परिवर्तन आएको छ । पिनास, माइग्रेनको समस्या थियो, डाक्टरले औषधि पनि खानु भन्नुभएको थियो,’ श्रेष्ठले भनिन्, ‘अहिले मलाई माइग्रेनको समस्या औषधि नखाएपनि कम भइरहेको छ । योगाभ्यासले नै म स्वास्थ्य र निरोगी छु । त्यसैले निरोगी भएर बाँच्न चाहनेले नियमित योगाभ्यास गर्नुपर्छ ।’

न्युरोडमा २० वर्ष अघिदेखि निशुल्क योगाभ्यास शिविर

न्युरोडको यो योग शिविरमा २० वर्षअघिदेखि नियमित योगाभ्यास हुँदै आएको छ । मारवाडी सेवा सदनले निशुल्क उपलब्ध गराएको हलमा हरेक दिन बिहान साढे ५ देखि साढे ७ बजेसम्म नियमित योगाभ्यास हुँदै आएको छ । उक्त योग शिविर महेश मोदीले २० वर्ष अघि शुरु गरेका हुन् । ४० वर्षको उमेरमा विभिन्न रोगले सिकिस्त बिरामी भएका मोदीले योगाभ्यासबाट आफ्नो जीवन परिवर्तन भएपछि योगाभ्यास शिविर सञ्चालन गरेको बताए ।

‘म २० वर्ष अघि सिकिस्त बिरामी भएको थिए । अस्पतालमा डाक्टरले मेरो अवस्था देखेर उपचार गर्न ढिलो भयो भनेका थिए । त्यतिबेला एउटा भाइले योगको विषयमा बताएपछि मैले योगाभ्यास सिके,’ मोदीले भने, ‘जब मैले योग सिँके त्यसपछि मेरो जीवन परिवर्तन भयो । सोच पनि परिवर्तन भयो र मैले यो शिविर शुरु गरे ।’

योगाभ्यासले मनलाई शान्त गने र शरीरलाई फाइदा हुने हर्मोनहरु उत्पादन गर्ने मोदी बताउँछन् । उनले भने, ‘योगाभ्यासले मन शान्त हुन्छ, मन खुसी भएपनि सकारात्मक हर्मोनहरु उत्पन्न हुन्छ ।’

नेपालमा ४० वर्ष अघिदेखि नै योगाभ्यासको शुरुवात भएपनि सरकारले अन्तराष्ट्रिय योगदिवसको अवधारणा पनि मात्र योगलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको बताए ।

१० वर्ष अघिदेखि योगाभ्यासमा लागेका योगशिक्षक जयकृष्ण शर्माले ८ वर्षअघिदेखि योग शिक्षकका रुपमा चिनिएका छन् । नियमित योगाभ्यासले शरीर, मन जोड्ने भएकाले मानिसमा सकारात्मक सोच आउने योग शिक्षक शर्मा बताउँछन् ।

‘पहिला ममा मोटोपन थियो, केही रिस पनि थियो जब मैले योगाभ्यास थाले आफ्नो मोटोपना र रिसलाई नियन्त्रण गर्न थाले, मेरो शारीरिक मानसिक र व्यवहारिक चिन्तनलाई अगाडी बढाउँदै धेरै ज्ञान प्राप्त गरे,’ योग शिक्षक शर्माले भने, ‘योगाभ्यासले मन चिन्तन र व्यवहारीक चिन्तनलाई एक बनाउँछ ।’

योगाभ्यासबारे पाठ्यक्रम बनाउँदै सरकार

योगाभ्यासको महत्वलाई ध्यानमा राख्दै शिक्षा मन्त्रालयले आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागसँगको समन्वयमा ९ देखि १२ सम्मका लागि योग शिक्षाको पाठ्यक्रम नै ल्याउने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयका सहसचिव एवं पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले शिक्षा मन्त्रालयले योग शिक्षाको ९ देखि १२ सम्मका लागि पाठ्यक्रम बनाइरहेको बताए ।

उनले भने, ‘हामीले ९ देखि १२ सम्म योग, प्राकृतिक तथा आयुर्वेदिक शिक्षाको करिकुलम बनाउँदै छौं, आगामी वर्षदेखि योग शिक्षा पठाउन चाहने विद्यालयले एैक्षिक रुपमा यो पाठ्यक्रम लागु गर्न सक्छन् ।

केन्द्रका महानिर्देक पौडेलले योग शिक्षालाई विद्यालय तहका शारीरिक तथा स्वास्थ्य शिक्षामा पनि समावेश गरिएको बताए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २४ बजे

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं