एनआरएनए कतारद्वारा 'कोभिड १९ फण्ड'मा ९ लाख जम्मा | Khabarhub Khabarhub

एनआरएनए कतारद्वारा ‘कोभिड १९ फण्ड’मा ९ लाख जम्मा


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैर आवासीय नेपाली संघ कतारले कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ ।

कतारले कोरोना महामारीको यस विषम परिस्थितमा विपतमा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघद्वारा स्थापित रिलाइफ फण्डमा ९ लाख नेपाली रुपैयाँ जम्मा गरेको संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कोरोना सबैका लागि चुनौतीपूर्ण रहेको बताउँदै उनले कतारमा रहेका नेपालीहरुप्रति कतार सरकार , कतार च्यारिटी, रेडक्रेसेंट अन्य निकायले पुर्‍याएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।

संघले कोरोना संक्रमण सुरु भएदेखि हालसम्म ७ हजार ९ सय ६३ जना कोरोना प्रभावित नेपाली कामदारहरुलाई राहत वितरण गरेको उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : १० बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो