जुही चावलाले मुम्बईमा हराइन् डायमण्ड रिङ, भेटाउनेलाई इनाम दिने | Khabarhub Khabarhub

जुही चावलाले मुम्बईमा हराइन् डायमण्ड रिङ, भेटाउनेलाई इनाम दिने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री जुही जावलाले मुम्बई एअरपोर्टमा डायमण्ड रिङ हराएकी छिन् ।

जुहीले सामाजिक सञ्जालमार्फत डायमण्ड रिङ हराएको जानकारी गराएकी हुन् । साथै उनले उक्त रिङ भेटाएर दिनेलाई उचित पुरस्कार दिने पनि बताएकी छिन् ।

उनले हराएको डायमण्ड रिङको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त रिङ भेटाउनेलाई इनाम दिने बताएकी हुन् ।

‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा गइरहेकी थिएँ, सेक्युरिटी चेकिङका क्रममा मेरो डायमण्ड रिङ कतै खस्यो, यदि कसैले खोज्नमा सहयोग गर्नुभयो भने म निकै खुशी हुनेछु,’ उनले ट्वीटमार्फत भनेकी छिन् ।

सामाजिक सञ्जालमा सक्रिय रहे पनि पछिल्लो समय जुही फिल्म क्षेत्रबाट भने टाढा छिन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका