‘तलब कटौतीमा सहमत नभए मेस्सीले क्लब छाड्न सक्छन्’ | Khabarhub Khabarhub

‘तलब कटौतीमा सहमत नभए मेस्सीले क्लब छाड्न सक्छन्’


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका अध्यक्षका उम्मेद्वार इमिली रोउसावदले तलब कटौतीमा कप्तान लियोनल मेस्सी सहमत नभए उनले क्लब छाड्न सक्ने अभिव्यक्ती दिएका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड- १९) को महामारीपछि क्लबलाई आर्थिक रुपमा सवल बनाउन बार्सिलोनाले खेलाडीको तलब घटाउने योजना बनाइरहेको छ ।

तर, अहिलेसम्म मेस्सीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रोउसावदले एआरएसँगको अन्तरवार्तामा क्लबको प्रस्तावमा सहमती नजनाए मेस्सी जनवरीदेखि नै खुल्ला ट्रान्सफरमा जान सक्ने संकेत गरेका छन् ।

‘हामी मेस्सीसँग बसेर खेलाडीको तलब कटौतीबारे सोध्छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा जे उनीहरुसँग छ त्यो स्थिर छैन ।’

मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ को अन्तिमसम्म बाँकी  छ । ‘हामी उनीसँग त्यागका लागि प्रस्ताव गर्छौं । यदि त्यहाँ कुनै सहमती हुन सक्दैन भने मेस्सी क्लब छाड्न सक्छन्,’ रोउसावदले भने ।

बार्सिलोनका उपाध्यक्ष रहिसकेका उनले क्लबले आफ्ना लिजेन्डको सम्मान गर्ने बताउँदै अगाडि थपे, ‘मेस्सीले क्लब इतिहासमै सबैभन्दा राम्रो पेज लेखे, हामी हाम्रा लिजेन्डको सम्मान गछौं तर, यथार्थ यही हो ।’

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न