भारतको रिपब्लिक टीभीका सीईओ पक्राउ | Khabarhub Khabarhub

भारतको रिपब्लिक टीभीका सीईओ पक्राउ


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विकास खनचंदानीलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ ।

मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ ।

केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन)को प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी गरेको आरोप उनीमाथि छ ।

एनसीएन प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देखाएर टीआरपीमा घोटला गरेको उनीमाथि अभियोग लगाइएको छ ।

रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।

खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको अनुसन्धान अधिकारीहरूको दाबी छ ।

गत अक्टोबरमा सार्वजनिक भएको टीआरपी घोटला प्रकरणमा मुम्बइ प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका