कतारमा १ लाख ३५ हजार बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

कतारमा १ लाख ३५ हजार बढीमा कोरोना भाइरसको संक्रमण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३५ हजार ३६७ पुगेको छ ।

शनिबार ९ हजार ५९८ जनालाई परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टी भएको थियो भने २०३ जना उपचारपछि निको भएर घर फर्किएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पर्दासम्म कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ भने उपचारपछि निको हुनेको सङ्ख्य १ लाख ३२ हजार ३५६ पुगेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग तथ्याङक नभए पनि संक्रमणका कारण १८ नेपालीको मृत्यु भएको जनाएको छ ।

मास्क नलगाई हिड्ने थप १६२ जान पक्राउ

मास्क नलगाई हिड्ने थप १६२ जनालाई पक्राउ गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । यस्तै १६ व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।

उनीहरू सबैलाई सार्वजनिक मुद्दा चलाईएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहिबार मात्र मास्क नलगाई हिड्ने १६४ जान र ७ व्यक्तिको सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

कतारमा सवारी चालकसहित एकै परिवारका चार जना मात्र हिड्न अनुमती दिइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ५१ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका