नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४६ कोरोना संक्रमित, १३ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४६ कोरोना संक्रमित, १३ को मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ ।

संक्रमितमध्ये ८१६ महिला र ११३० पुरुष रहेका छन् । प्रदेश १ मा २२७, प्रदेश २ मा ३८, बागमतिमा ९७८, गण्डकी ३९९, लुम्बिनी २०९, कर्णालीमा २ र सुदूरपश्चिममा ९३ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ८३५ जना थपिएका छन् । काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ०५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको