सूर्य थापाको आरोप – प्रचण्डको प्रस्तावले स्थायी समिति बैठक निर्णयको ठाडो उल्लङ्घन गर्‍यो | Khabarhub Khabarhub

सूर्य थापाको आरोप – प्रचण्डको प्रस्तावले स्थायी समिति बैठक निर्णयको ठाडो उल्लङ्घन गर्‍यो


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रवार बसेको सचिवालय बैठकपछि नेकपाका नेताहरुबीच आरोपप्रत्यारोपको श्रृङ्खला बढेको छ ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षको दबाबपछि शुक्रवार बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरेका थिए ।

केही दिनअघि प्रचण्ड–नेपाल पक्षले लिखित माग राखी सचिवालय बैठक डाक्न प्रस्ताव गरेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विभिन्न आरोप लगाउँदै पत्र पठाएका थिए । उनले पत्रमार्फत प्रचण्डले सरकार चलाउन खोजेको दाबी गरेका थिए ।

त्यसको जवाफमा सचिवालय बैठकमा प्रचण्डले ‍ओलीलाई विभिन्न संगीन आरोप लगाउँदै जवाफ फर्काएका थिए ।

यसै विषयमा बोल्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।

शनिवार सामाजिक सञ्जालमा लेख्दै थापाले भने, “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।”

थापाले नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइएको उक्त पत्रबारे पार्टी कमिटिहरुमा छलफल हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले दुवै अध्यक्षको सहमतिमा मात्रै कुनै प्रस्ताव तयार हुनुपर्नेमा प्रचण्डले नियम उल्लंघन गरेको आरोप समेत लगाएका छन् ।

“यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो ।” थापाको भनाइ छ ।

साथै उनले उक्त एकल प्रस्तावलाई फिर्ता गर्नका लागि माग गरेका छन् । उक्त प्रस्ताव फिर्ता नभएमा पार्टीको कुनैपनि तहको बैठक र छलफल नभई शत्रुवत र निरर्थक बन्न पुगेको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०