जवानको रगतले महिलाको ज्यान बच्यो | Khabarhub Khabarhub

जवानको रगतले महिलाको ज्यान बच्यो


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा पर्‍यो ।

उनी जिल्ला अस्पतालमा भर्ना भइन् । औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो । जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ ।

औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन प्रिन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अनमी बोहराले बताइन् । बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नका लागि औषधि प्रयोग गरेको पाइएको छ ।

यसरी विनापरामर्श औषधि सेवा गर्दा ज्यान जोखिममा हुनाका साथै अन्य महिला पनि अस्पताल भर्ना हुने गरेको अनमी बोहराले बताइन् ।

अस्पतालले गर्भपातको सेवा दिँदै आएको भए पनि बजारमा चर्को मूल्यमा किनेर औषधि सेवन गर्दा महिलालाई समस्या निम्तिने गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६