निरन्तर दुख्छ कम्मर ? यस्तो छ उपचार विधि | Khabarhub Khabarhub

निरन्तर दुख्छ कम्मर ? यस्तो छ उपचार विधि


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ ।

अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा १५ देखि ३ महिनामा स्वतः ठीक हुन्छ ।

तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ ।

हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुटकारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर ?

– मांसपेशिहरुमा अत्यधिक तनाव
– अत्यधिक तौल
– गलत तरिकाले बस्नु
– सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु
– गलत तरिकाले अत्यधिक गह्रुँगो तौल उठाउनु
– लामो समयसम्म बिरामी हुनु
– अत्यधिक नरम डसनामा सुत्दा

कम्मर दुखाईबाट बच्ने घरेलु उपाय

१. ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र बिस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।

२. धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।

३. नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिस गर्नुहोस् । दुखाई कम हुन्छ ।

४. नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो ।

५. नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।

६. योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ ।

७. क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।

८. कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।

९. कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो । स्विमिङले मानिसहरुको तौललाई कन्ट्रोल गर्दछ भने यसले कम्मर दुखाईमा लाभ पुर्याउँछ । साइकल चलाउँदा कम्मर सिधा राख्नुपर्छ । व्यायाम गर्दा मांसपेशीले ताकत पाउँछन् भने यसले तौललाई पनि बढ्न दिँदैन ।

१०. अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ५४ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ