तिहारको अव्यवस्थित बजार : लक्ष्मी भित्र्याउनेभन्दा कोरोना निम्त्याउने खतरा ! | Khabarhub Khabarhub

तिहारको अव्यवस्थित बजार : लक्ष्मी भित्र्याउनेभन्दा कोरोना निम्त्याउने खतरा !


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  न्युरोड क्षेत्र प्रवेश गर्न निजी दुईपांग्रे र चारपांग्रे सवारीसाधनहरु काठमाडौं महलदेखि नै लाइनमा देखिन्थें । न्युरोडको मूलद्वार प्रवेश गरेपछि सडकपेटीमा पनि मानिहरुको चहलपहलको अर्को जाम उस्तै छ ।

त्यही सडकपेटीमा व्यापरीहरु ‘होलसेल ! होलसेल ! भन्दै कराइरहेका छन् । त्यही भीडमा मानिसहरु सामान छान्दै छन् । सामाजिक दूरी त धेरै परको कुरा मानिसहरुले सही तरिकाले मास्कसमेत लगाएका छैनन् । मास्क त लगाएका छन्, तर कसैको नाकमुनी छ, कसैको च्यूँडोमा । तिहारको किनमेलका लागि न्युरोडदेखि असनसम्म मानिहरुको भीड लागेको छ ।

न्युरोड क्षेत्रको अस्तव्यस्त भीड नियन्त्रण गर्न अहिले ट्राफिक प्रहरीको संख्या थपिएको छ । तर, उनीहरुलाई ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे परिरहेको प्रस्ट छ  ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख एसएसपी भीमप्रसाद ढकालका अनुसार नियमित भन्दा शुक्रबारबाट सो क्षेत्रमा धेरै भीडभाड भएपछि ट्राफिक व्यवस्थापनका लागि ५५ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

‘न्युरोड असन क्षेत्रमा भीडभाड भएकाले हामीले सुन्धारादेखि अशनसम्मका लागि ५५ जना ट्राफिक प्रहरी खटाएका छौ,’ महाशाखा प्रमुख ढकालले भने ।

न्युरोड क्षेत्रको अस्तव्यस्त भीडभाडले नेपालको कोरोना संक्रमणको अवस्थालाई गम्भीर चुनौती दिइरहेको छ ।

केही दिनअघि काठमाडौँ उपत्यकाका मेयरहरु  सिंहदरबारमै पुगेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई कोरोना संक्रमणको अवस्था झनै बढ्न थालेको भन्दै फेरि लकडाउन गर्न माग गरे । तर, आफ्नै नगरभित्र बढेको अव्यवस्थित भीडभाडलाई काठमाडौं महानगरले नजरअन्दाज गरेको छ ।

चाडपर्वमा बजार क्षेत्रमा बढ्न सक्ने भीडभाड नियन्त्रणका लागि सरकारले कुनै योजना नबनाउँदा न्युरोड क्षेत्रमा मानिसहरुको अव्यवस्थित भीडभाड बढेको विज्ञ बताउँछन् ।

‘हाम्रो सरकार, गृह, प्रशासन अत्यन्तै कमजोर भयो, सरकार नै कमजोर भएको हुनाले नै मानिसहरुले भिडभाड गरेकोमा अनुगमन छैन, मानिसहरुले मास्क लगाए, नलगाएको अनुगमन छैन,’ जनस्वास्थ्यविद् डा.पाण्डेले भने, ‘अहिले अशन, इन्द्रचोक, भोटाहिटीलगायतका क्षेत्रमा अत्याधिक भीडभाड छ, गृह प्रशासन कोरोना नियन्त्रणमा उदासिन बन्यो ।’

सरकारले चाडपर्वमा भीडभाड हुने क्षेत्रलाई लक्षित गरेर पहिला नै योजना बनाएर कुनै खुल्ला स्थानमा जनस्वास्थ्यको मापदण्ड सहित बजारको व्यवस्थापन गरीदिएको भए मानिसहरू सजग बन्न सक्ने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय कोरोना नियन्त्रणका लागि सचेतनात्मक कार्यक्रम गर्न पनि चुकेको डा.पाण्डेले बताए ।

‘स्वास्थ्य मन्त्रालयलाई थाहा छ, भीडभाड भयो भने कोरोना सर्ने जोखिम हुन्छ, स्वास्थ्य मन्त्रालयले सीसीएमसी मार्फत जिल्ला प्रशासन कार्यालय मार्फत समन्वय गरेर अनुगमन गराउन सक्थ्यो, त्यो पनि गराएको छैन,’ डा.पाण्डेले भने, ‘सरकारको प्राथमिकतामै कोरोना नियन्त्रणमा छैन ।’

कोरोना संक्रमणको अवस्थालाई सरकार र सर्वसाधारण दुवै पक्षले वेवास्ता गरीरहेकाले संक्रमणको जोखिम झनै बढ्ने उनले बताए ।

कोरोनालाई वेवास्ता गर्दै भीडभाडमा किनमेल गर्नेहरुकै कारण आगामी दिनमा कोरोना संक्रमणको अवस्था झनै भयावह हुनसक्ने डा.पाडेले बताए ।

‘केही मानिहरुले कोरोना नियन्त्रणका उपायहरु पालना गरेका छन् भने केहीले पालना गरेका छैनन्, यो जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेहरुका कारण कोरोनाप्रति सचेत हुनेहरुलाई समेत जोखिम बढीरहेको छ,’ डा.पाण्डेले भने, ‘अहिले किनमेलका लागि भन्दै बजार क्षेत्रमा जानेहरुका कारण कोरोनाको जोखिम झनै बढेको छ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन