फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित | Khabarhub Khabarhub

फिपा विश्वकप छनोटमा चिलीको पहिलो जित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे । खेलको २०औँ मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

३५औँ मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलमा थप गोल नहुदा चिलीले २-० को जित निकाल्यो ।

विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैठौँ स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ५१ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना