थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो | Khabarhub Khabarhub

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्। आजको पीसीआर १३९४७ छ।

हाल क्वारेन्टिनमा ४६६६ जना रहेका छन्। त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०९५४ जना पुगेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ३२ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर