अमिताभ बच्चनले गरे अभियन्ता उज्जवलको तारिफ | Khabarhub Khabarhub

अमिताभ बच्चनले गरे अभियन्ता उज्जवलको तारिफ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कलाकार अमिताभ बच्चनले नेपालमा एसिड (तेजाब) आक्रमणमा परेका नेपालीको सहयोगमा चलाइएको अभियानकर्तामध्येका एक अभियन्ता उज्जवलबिक्रम थापालाई बधाई दिएका छन् ।

बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उज्जवलको तारिफ गर्दै बधाई दिएका हुन् । एसिड आक्रमणका पीडितका पक्षमा थापाले गरेको मेहनतले राम्रो नतिजा पाएको पनि बच्चनले बताएका छन् ।

‘धेरै धेरै बधाई…यो राम्रो काम जारी राख्नु,’ बच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।

अभियन्ता थापाले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार लगायत अन्य काममा निरन्तर रुपमा सहयोग गर्दै आएका छन् ।

उत्तराखण्डको सो शेरवुड कलेजमा पढेका थापा पछिल्लो समय एसिड आक्रमण पीडितको सहयोगमा जुटेका छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडित र थापा लगायत अन्य व्यक्तिहरु भेट गरेका थिए । उक्त भेटका क्रममा सरकारले एसिड पीडितको निशुल्क उपचार गर्ने र कानून संशोधन गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५४ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा