मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमानको विषय पनि छलफलमा | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवको सिफारिस र कुलमानको विषय पनि छलफलमा


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ हुने भएको छ ।

साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेकपा पार्टी सचिवालय बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीनिकट मानिने एक मन्त्रीका अनुसार पार्टीले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव बैठकमा पेश गर्ने सम्भावना छ ।

यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनर्नियुक्त गर्ने वा अर्को व्यक्ति पठाउने भन्ने भन्नेबारे पनि आजको बैठकले निर्णय गर्न सक्ने उनले बताए । अहिलेसम्म कुलमान घिसिङको प्रस्ताव मन्त्रिपरिषदमा नपुगेकोले तत्काललाई निमित्त कार्यकारी निर्देशक तोक्नेबारे पनि छलफल हुन सक्ने ती मन्त्रीले बताए ।

यस अतिरिक्त आजको बैठकमा सरकारको प्रवक्ता तोक्ने तयारी पनि भएको छ । सरकारको प्रवक्तामा पर्यटनमन्त्री योगेश भट्टराईको नाम चर्चामा छ ।

यस्तै सिन्धुपाल्चोकमा पटकपटक पहिरो गएर धेरै जनधनको क्षति भएकामा त्यसबारे पनि केही निर्णय हुने सक्ने बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ४८ बजे

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ