स्याङ्जामा ४ थान बन्दुकसहित २ जना पक्राउ | Khabarhub Khabarhub

स्याङ्जामा ४ थान बन्दुकसहित २ जना पक्राउ


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जामा ४ थान बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई ४ थान बन्दुकसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र वोगटीका अनुसार अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ५५ बजे

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको