गुगलको नयाँ फिचर – कसले किन फोन गर्‍यो पहिले नै थाहा पाइने | Khabarhub Khabarhub

गुगलको नयाँ फिचर – कसले किन फोन गर्‍यो पहिले नै थाहा पाइने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । अब गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको छ ।

‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ ।

यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको थियो । ट्युन कलर प्रयोगकर्ताले कसले फोन गर्‍यो भनेर पहिले नै जानकारी पाउने गर्थे । गुगलको सुविधामा चाहिँ किन फोन आएको हो भन्ने समेत थाहा पाउन सकिन्छ ।

एन्ड्रोइड मोबाइलमा हालै रिलिज गरिएको यो एप पहिले पिक्सेल मोबाइलमा मात्र डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको थियो ।

यो एपबाट फेक कलहरु नियन्त्रणमा आउने गुगलले विश्वास लिएको छ । विजनेस फोनमा फोन गर्नुको कारण समेत लेखिएको हुनेछ ।

हाललाई यो सुविधा अमेरिका, मेक्सिको, ब्राजिल र भारतमा मात्र दिइएको छ । यही वर्षभित्र विश्वभरका सबै मोबाइलमा यो सुविधा दिइने जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १२ : ५८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका