विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार | Khabarhub Khabarhub

विराटनगरका नेपाली युवामाथि भारतको जोगवनीमा गोली प्रहार


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बिराटनगरका एक नेपाली युवालाई भारतको जोगवनीमा गोली प्रहार भएको छ ।

विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय ‘बासु’ भनिने दीपक मण्डलमाथि जोगवनीमा गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ ।

भारतको जोगवनी नगर पञ्चायत–१२ चाँदनी चोकमा आइतबार दिउँसो ३ बजेतिर पुगेका मण्डललाई गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार मण्डलमाथि भारत जोगवनीका अन्दाजी २५/३० वर्षीय मुकेश यादवले गोली प्रहार गरेको खुलेको छ ।

घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारमबोर्ड खेलेर बसिरहेको र पुग्नासाथ विवाद गरेर आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई बताएका छन् ।

मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ । मण्डलको औंलामा प्वाल परेको छ ।

गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको पनि खुलेको छ । उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको प्रहरीको भनाइ छ ।

स्थानीय भागाभाग गर्न थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल आउन सफल भएको मण्डलले प्रहरीलाई बताएका छन् । साँझ लगभग ७ बजेतिर नेपाल छिरेका उनले मटेरुवा प्रहरी चौकी र सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

गोली प्रहार गर्ने भारतीय युवालाई त्यहाँको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ५३ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को