फल खानकै लागि रुखको टुप्पोमा पुग्छन् यी जातका बाख्रा ! | Khabarhub Khabarhub

फल खानकै लागि रुखको टुप्पोमा पुग्छन् यी जातका बाख्रा !


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँदर रुखमा चढेको त हामीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुभएको छ ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भएको छैन होला ।

सामान्यतया हामीले पालेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।

उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महंगो हुन्छ । उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।

बाख्राको बड्कौँला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँला विशेष मल हुने कारणले गर्दा धेरै महंगो हुने गरेको हो ।

दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।

फल खाइसकेपछि त्यसको गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन् ।

बड्कौँलामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ०७ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा