कोरोना कहर : सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्दामात्र हेर्ने | Khabarhub Khabarhub

कोरोना कहर : सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्दामात्र हेर्ने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै  पुनः सेवा संकुचन गर्ने निर्णय गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै सर्वोच्चले भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, गम्भीर प्रकृतिका, संवेदनशील, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता र सुनुवाइ मात्रै गर्ने जनाएको छ ।

त्यस्तै, मुद्दा फिर्ता र मिलापत्रका काम पनि यो अवधिमा हुने सर्वोच्चको सूचनामा उल्लेख छ।

सर्वोच्चले भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाइ नहुने जानकारी सूचनामार्फत् गराएको छ। पुराना मुद्दाका पुनरावेदन र पुनरावलोकनको सुनुवाई पनि अब रोकिने भएको छ।

सर्वोच्चको सूचनापछि सार्वजनिक सरोकारको रिटमा पनि तत्काल सुनुवाइ गर्नैपर्ने बाहेकका अरुमा सुनुवाइ नहुने भएको छ।

काठमाडौं उपत्यकाको हकमा भने साउन ८ गतेबाट सुरु भएको म्याद र हदम्याद कायम हुने सर्वोच्चले जनाएको छ।

सर्वोच्चले जारी गरेको सूचना

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ३७ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस