बलिउडमा स्थापित हुन नसकेका ५ अभिनेता | Khabarhub Khabarhub

बलिउडमा स्थापित हुन नसकेका ५ अभिनेता


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा हरेक कलाकारको यात्रा सहज हुदैन । ठुलो पर्दामा अभिनेताका रुपमा भुमिका निभाउन निकै संर्घष आवश्यक पर्दछ । यसका लागी गुड लुकिङ, अभिनय क्षमता, लगन र मेहनत महत्वपुर्ण हुन्छ ।

तर बलिउडका केहि यस्ता नायक पनि छन् जसमा यी सबै गुण भएर पनि भाग्यले साथ नदिँदा उनीहरु बलिउडबाट ओझेल हुनुपर्याे । उनीहरु नायकका रुपमा बलिउडमा प्रवेश पाए पनि आफ्नो पहिचान र छाप छाड्न सफल भएनन् । आज हामी यस्तै पाँच बलिउड अभिनेताका बारेमा चर्चा गर्नेछौ ।

१. जुगल हंसराज

बाल कलाकारका रुपमा फिल्म मासूम, झूठा सच्चा र कर्मा लगायतका फिल्ममा देखा परेका जुगल हंसराजले बलिउड आफ्नो पहिचान बनाउन सकेनन् । उनले अभिनेताका रुपमा शाहरुख खानसंग मोहब्बते तथा अन्य केहि ठुला सिनेमामा सपोर्टिगं रोलमा देखा परेका जुगलले बलिउडमा सफलता पाएनन् ।

उनले एनिमेशन फिल्म रोडसाइड रोमियो निर्देशन पनि गरे । यहिबाट उनले राष्ट्रिय पुरस्कार पनि पाए । तथापी उनका लागी बलिउड सुखद रहन सकेन ।

२. आफताब शिवदसानी
मिस्टर इण्डियाबाट बाल कलाकारकै भुमिकाबाट फिल्मी करियर शुरुवात गरेका आफताब शिवदसानीले नायकका रुपमा फिल्म मस्तमा देखा परे । उनको कामको स्रहाना पनि भयो ।

यस अलावा उनले लव के लिए कुछ भी करेगा, कसूर, फुटपाथ लगायतका फिल्ममा नायकका रुपमा अभिनय गरे । उनले केहि अर्वाड पनि पाए । तथापी लिउडमा उनको खासै पहिचान बन्न सकेन ।


३. डिनो मोरिया

सन् १९९९ मा प्यार में कभी कभीबाट फिल्मी करियर शुरुवात गरेका डिनो मोरिया पनि बलिउडमा खासै चर्चामा रहन सकेनन् । उनले सन् २००२ को सुपरहिट फिल्म राजमा समेत अभिनेताको रुपमा काम गरे । तर त्यसपछिका उनका फिल्म हिट हुन सकेनन् ।
फिर वह कई फिल्मों सपोर्टिंग रोल में ही नजर आए ।

४. राहुल राय
सन् १९९० को दशकमा ह्याण्डसम हिरोको छवि बनाएका राहुल रायको पहिलो फिल्म आशिकीले बलिउडमा सुपरहिट साबित भयो । प्रेम र रोमान्समा आधारीत यस फिल्मले उनलाई रातारात सेलिब्रेटी बनायो । तर त्यसपछिका उनका हरेक फिल्महरु फ्लप भए । बलिउडमा खासै राम्रो पहिचान बनाउन नसकेका उनले बिगबोसको पहिलो सिजन जितेका थिए ।

५. फरदीन खान
सन् १९९८ मा रिलिज भएको फिल्म प्रेम अगन सेबाट फरदीन खानले फिल्मी करीयर शुरुवात गरे । उनले सन् २००० मा फिल्म जंगलमा समेत काम गरे । तर उनको बलिउडमा खासै राम्रो पहिचान बन्न सकेन । सन् २०१० सम्म लगातार फिल्ममा काम गर्दा समेत फ्लप भएपछि उनी बिस्तारै बलिउडबाट ओझेल भए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन