फोक्सो सम्बन्धि समस्या भएकालाई माछा लाभदायक | Khabarhub Khabarhub

फोक्सो सम्बन्धि समस्या भएकालाई माछा लाभदायक


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस स्वाद लिन माछामासु खान्छन् । माछामासु स्वादलाई मात्र होइन स्वास्थ्यमा समेत निकै फायदाजक हुन्छ ।

माछामासुमा उच्च पौष्टिकता हुन्छ । जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ । अझ माछामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागी धेरै उपयोगी हुन्छ । किन माछा खानु पर्छ त ?

१. माछामा पाइने ओमेगा–३ नामक बोसोयुक्त एसिडले मानव शरीरमा फाइदा पुर्याउँछ । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायु निर्माणमा मद्दत पुर्याउँछ । साथै तन्तु निर्माण, विकास र बृद्धिमा ओमेगा ३ एसिडको अनिवार्य रहन्छ ।
आवश्यकता पर्छ ।

२. गर्भावस्थामा वा सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाएमा बच्चाहरुको मष्तिक र स्नायु प्रणालीमा वृद्धि विकाशमा मद्दत पुर्याउँछ । जन्मनु अघि आमाको गर्भबाटै डिएचए प्राप्त गर्ने बच्चाले जन्मेपछि आमाको दूधबाट यो तत्व प्राप्त गर्दछन् । तर आमाको दूध नखाने वा बट्टा बन्द दूध खाने बच्चाहरुले यो पोषण पाउदैनन् । यसले बच्चाहरुको मस्तिष्क र दृश्यशक्ति कम हुने संभावना रहन्छ ।

३. नियमित माछा वा मााछाको तेल खाएमा दम रोगको जोखिम कम भएर जान्छ । माछाको तेलको सेवनले फोक्सोको विभिन्न रोगहरुमा समेत उपयोगी हुन्छ । साथै शरीरमा आउने एलर्जीबाट बचाउन पनि माछाको सेवन लाभदायी रहन्छ ।

४. एक अध्ययनमा मष्तिक बोधो भएका, सामान्य ब्यवहारिक कार्य गर्न नसक्ने र लेखपढ गर्न समस्या भएका (डिस्प्राक्सिया, डिस्लेक्सियाजस्ता रोगका)बच्चाहरुलाई नियमित माछाको तेल खुवाउँदा सकारात्मक असर पाइएको थियो ।

५. किशोरावस्थामा हुने तनाव, आक्रमकता र आक्रोश नियन्त्रणमा पनि माछाको सेवन निकै लाभदायी रहन्छ । एक अध्ययन अनुसार शरीरमा पर्याप्त मात्रामा ओमेगा–३ को आपूर्ति भएका किशोरहरुमा तनावग्रस्त अवस्थामा पनि आक्रमकता तथा आक्रोशको भावना कम हुने पाइएको थियो ।

६ बुढ्यौली अवस्थाका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । विशेष गरी ५० बर्षपछिको उमेरमा देखापर्ने रोग नियन्त्रणमा पनि माछाको सेवन उपयोगी हुन्छ । कतिपय अवस्थामा क्यान्सर तथा हृदयरोगहरुमा समेत माछाको सेवनले फाइदा पुर्याउँछ ।

७. धुम्रपानको लत भएका मानिसमा समेत माछाको सेवन लाभदायी हुन्छ । साता ३/४ पटक सम्म माछा खाएमा धुम्रपानका कारण निम्तिने रोगहरुबाट बच्न मद्दत गर्दछ । माछा खानेहरुमा ब्रोङकाइटिस, दमजस्ता रोगहरुको असर कम हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ४७ बजे

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार